Youth Figures

 more »

News Archive

more »

 Photo Archive

more »

Home » Media

ट्राफिक प्रहरीले प्रचारमा ल्याएका धेरै कामको निरन्तरता दिएन

सवारी नियम उल्लंघन गर्नेलाई गत साता फुल,चकलेट र सुन्तला वितरण कार्यक्रममा युवतीहरुलाई फूल दिंदै ट्राफिक निरीक्षक सीताराम हाछेथु । यो कार्यक्रम एकैछिन मात्र सञ्चालन भयो ।

काठमाडौ, पुस २४ - आकाशेपुलमुनिबाट बाटो काट्नेलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले फलफूल र चकलेट बाँड्ने अभियान थाल्यो । नियम नमान्ने पैदल यात्रुलाई डीआईजी विज्ञानराज शर्माको आदेशमा दुई घन्टा थुनियो, ट्राफिक ज्ञान पढाइयो ।

दरबारमार्गको मूल सडकमा दुई घन्टामात्रै पार्किङ गर्न पाइने नियम लगाइयो । ट्राफिकले सुरु गरेका यी सबै अभियान एक साता नबित्दै सेलाएका छन् । उनीहरूको काम प्रचारमै सीमित भएको छ । सडकमा फेरि पैदल यात्रुको मनोमानी सुरु भइसकेको छ ।

ट्राफिकले यसरी प्रचारमा ल्याएका तर निरन्तरता नदिएका अरू पनि काम छन् । राजधानीका अघिकांश स्थानमा जनसहभागितामा सीसीटीभी राखेर सवारी अनुगमन गर्ने ट्राफिक योजना अलपत्र छ । सवारी दुर्घटनाको प्रमाण देखाउन सीसीटीभी असफल छ । लाइसेन्स नभएका चालकलाई निगरानी गर्ने अभियान प्रचारमै सीमित बनेको छ । ट्याक्सी चालकको ठगी नियन्त्रण गर्ने केही दिनको तामझाम पनि त्यत्तिकै सेलाएको छ ।  

ट्राफिकले चकलेट बाँडेको प्रचार सञ्चार माध्यममा देखेर पुलछेउ पुग्नेहरू त्यहाँ प्रहरी नै नदेख्दा निरास भएका छन् । त्यस्तैमध्येका हुन् वीर अस्पताल सडकमा भेटिएका कृष्ण केसी । उनको प्रतिक्रिया थियो, 'ट्राफिकको काम नियमित भएन, प्रचारमुखी बढी भयो ।'

सहरको सवारी व्यवस्थापनका लागि ट्राफिकले दिगो र प्रभावकारी नीति अवलम्बनभन्दा प्रचारमुखी काम बढी गरेको देखिन्छ ।  'नियमित चेकजाँच ट्राफिकको कामै हो, त्यसका लागि पत्रकार बोलाएर फोटो छापिरहनु पर्दैन', एक जना ट्राफिकका उच्च अधिकारी भन्छन्, 'सञ्चार माध्यम बोलाएर प्रचार गर्ने हो भने त्यसलाई निरन्तरता दिनुपर्छ ।'

प्रचारमै सीमित अभियानको अर्को उदाहरण हो दरबारमार्गमा सुरु दुई घन्टे पार्किङ अभियान । अभियान सुरु भएकै भोलिपल्टदेखि रोकियो । नक्कली लाइसेन्स चेकिङ अभियान पनि अहिले सुस्ताएको छ । मोटरसाइकलको स्वरूप परिवर्तन गरेमा गरिने कारबाही पनि अहिले छैन । ट्राफिकले जडान गरेको सीसी टिभी दरबारमार्ग बाहेकका ठाउँका चालू छैनन् । दुर्घटना गरी भागेका कुनै पनि सवारी सीसीटीभीको सहायताले पक्राउ परेका छैनन् ।  

पार्किङ र घर कम्पाउन्डबाट हराएका मोटरसाइकल खोजीका लागि ट्राफिक प्रहरी महाशाखाले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली गठन गरेको थियो । टोलीको प्रमुख सरुवा भएपछि यो अभियान पनि अहिले ठप्पै छ । भेटिएका मोटरसाइकल पनि ट्राफिक आफंै चढ्ने गरेको आरोप

छ । ट्याक्सी भाडामा बढ्दो ठगीको समाचारपछि राजधानीमा पि्रपेड ट्याक्सी सञ्चालनको तयारी गरे पनि अहिले यो विषयमा कसैले चासो दिएको छैन ।

जथाभावी भाडा असुल्ने ट्याक्सीमाथिको कारबाही पनि अहिले बन्द छ । फुटपाथमा मोटरसाइकल चलाउनेले विदेश यात्रा गर्न नपाउने प्रचार गर्ने ट्राफिकले त्यसलाई पनि निरन्तरता दिन सकेन । ट्राफिक चेतनाका लागि सुरु सांस्कृतिक अभियान कोटेश्वर चोकभन्दा पर फैलिन सकेन । राजधानीका सर्वसाधारण ट्राफिक प्रहरीको अभियानलाई चटके र प्रचारमुखी भएको टिप्पणी गर्छन् ।

जापान सरकारको लगानीमा विस्तार भइरहेको ६ लेनलाई कसरी व्यवस्थित गर्नेबारे ट्राफिक तथा सम्बन्धित निकायले कुनै पनि तयारी गरेका छैनन् । यसमा दैनिक दुर्घटनाको दर बढ्दो छ । तीनकुनेदेखि माइतीघरसम्म दैनिक जाम, थापाथली क्षेत्रको अस्तव्यस्त सवारी व्यवस्था सुधि्रन सकेको छैन । जथाभावी गरिने पार्किङलाई ट्राफिकले रोक्न सकेको छैन । सार्वजनिक यातायातको मनोमानी भाडा असुलीमा उनीहरूले ध्यानै दिएका छैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पन्तले फुटपाथमा मोटरसाइकल गुडाउने र पुलमुनिबाट बाटो काट्नेलाई कारबाही निरन्तर भइरहेको बताए । त्यस्तै सुन्तलता र चकलेट वितरण कार्य पनि सातामा एक दिन हुने बताए । 'हामीले यसअघि गर्दै आएको कार्यलाई रोक्दैनौं, देखावटी हुँदैन,  निरन्तर गछार्ंै,' उनले भने, 'ट्राफिकसँग सरोकार भएको विषयमा नियमित काम गर्छांै, गल्ती गर्नेलाई कारबाही गछार्ंै ।' ६ लेन सडक व्यवस्थित गर्न निर्माण कम्पनीबाट कसरी व्यवस्थित पार्ने भन्ने योजना आउँछ, त्यहीअनुसार व्यवस्थित पार्ने उनले बताए ।

Post Your Comments

Please note that all the fields marked * are mandatory.
* Full Name:
* Address:
* Email:
* Comments:
* Captcha:
Reload Captcha